Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

संगीता अधिकारीको ‘‘यो तिजमा बेसरी नाच्ने हो’’ सार्बजनिक


हिन्दु नेपाली नारीहरुको महानचाड हरितालिका तिज पर्ब नजिकिदै गर्दा बजारमा बिभिन्न तिजका नयाँनयाँ भाकाहरु सार्बजनिक हुने क्रम जारी छ । यसै क्रममा चर्चित गायिका संगीता अधिकारीको स्वरमा रहेको ‘यो तिजमा बेसरी नाच्ने हो’ बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । जुन गीतमा ज्ञानदिप सापकोटाको शब्द तथा संगीत रहेको छ । जसमा भुपेन्द्र रायमाझिले गीतको अरेन्ज गरेका छन् ।

गायिका संगीता अधिकारीका यस अघिपनि बजारमा थुप्रै आधुनिक, भजन, लगायत गितहरु पनि सार्बजनिक भईसकेका छन्, जस्तैः मधुरबानि, मनुष्य चोला ,भजन सङ्ग्रह, त्यस्तै आधुनिकमा, किन दिलको पाना, मौसम बर्षात, मिठा मिठा कुरा, फुल्छु भन्थे, सुन्ने हल्ला जस्ता आधुनिक गितहरु बजारमा लोकप्रिय छन् ।

गायिका अधिकारीले आगामी दिनहरुमा पनि नयाँ नयाँ सृजनाहरु बजारमा ल्याउने तयारी भईरहेको बताएकी छन् ।

हेर्नुहोस भर्खरै सार्बजनिक भएको उहाँको तिजको म्युजिक भिडियो:

https://www.youtube.com/watch?v=tw-EvFN83V4


प्रतिक्रिया दिनुहोस !
विचार