Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा


काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।

पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए। उनले भने, ‘सो गहना उद्योगमा राजस्व छलीको सुनको कारोबार हुने गरेको सूचना हामीसँग थियो ।’

बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार