Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

सामाजिक सञ्जाल बन्दको चौतर्फी बिरोध, एमालेमा चरम असन्तुष्टी


सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै यसको चौतर्फी बिरोध शुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशलाई सरकारले नर्थ कोरिया बनाउन लागेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘नियमनको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले । तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ । बिकृति अन्त गर्न सूचनामा विर्को लगाउँने हैन नि ।’

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको बिरोध गरेका छन् । सञ्जालको दुरुपयोग रोक्नका लागि कानुन बनाएर अघि बढ्नुपर्नेमा सरकार उल्टो बाटो हिँडेको उनको आरोप छ । उनले भनेका छन्, ‘ सामाजिक सञ्जालका विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ । सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ । ’

नेपाल पत्रकार महासंघ, अनलाईन टेलिभिजन पत्रकार संघ लगाएत पत्रकारिता सँग सम्बन्धित विभिन्न संघ संस्थाले पनि सरकारको निर्णयको चर्को बिरोध गरेका छन् । निर्णय तत्काल सच्याउन माग गर्दै विभिन्न संघ संस्थाका विज्ञप्ती धमाधम आउन थालेका छन् ।
सरकारले हिजो मात्रै विभिन्न २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार