Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

गौरको कारागारबाट भागेका ५२ जना पक्राउ


रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनस् कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।

भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोद खडकाले बताए । यसैगरी कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको सीडीओ खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार