Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी हत्या


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो।

किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् गोली उनको घाँटी नजिकै लाग्छ, धेरै रगत बगेपछि र उनी ढल्छन्।


प्रतिक्रिया दिनुहोस !
विचार