अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले केही जेनजी अगुवाहरु रुष्ट बनेका छन् । आउँदो निर्वाचन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चयनका लागि हुनुपर्ने उनीहरुको माग रहेपनि प्रधानमन्त्री कार्कीले आफ्नो सरकारलाई शासकीय स्वरुप परिवर्तनको अधिकार नभएको बताएपछि उनीहरु रुष्ट बनेका हुन् ।
अहिलेको संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था छैन । त्यही नभएको व्यवस्था आफूले लागु गर्न नसक्ने भन्दै प्रधानमन्त्री कार्कीले प्रष्ट पारेपछि केही जेनजी अगुवाको कन्सिरी तातेको छ । कार्की नेतृत्वको सरकारमा मन्त्री नै बन्दैछन् भनी केहीदिनअघि व्यापक चर्चामा रहेका डा.निकोलश भुसाल अहिले सुशीला कार्कीको उक्त घोषणापछि आगो बनेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्तिक १४ गते सम्मको अल्टिमेटम दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका लागि निर्णय नगरे कार्की नेतृत्वको सरकारका विरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनको यो चेतावनीलाई विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गरेकाहरुले पनि साथ दिएका छन् । चलेका वरिष्ठ अधिवक्तादेखि लिएर संविधानका विषयमा जानकार व्यक्तिसम्मले डा.निकोलश भुसाललाई साथ दिएपछि अब के होला भन्ने कौतुहलता बढेर गएको छ । त्यसो त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेपछि डा.निकोलश भुसाल मात्रै रुष्ट भएका होइनन् । अरु जेनजी अगुवादेखि लिएर अन्य थुप्रैले असन्तुष्टी व्यक्त गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नेपालको अस्थिर राजनीतिको गतिलो समाधान भएको ठम्याईमा रहेका जेन्जीहरु सुशीला कार्की नेतृत्वको सरकारले धोका दिएको बुझाईमा छन् । जेन्जी आन्दोलनको सुरुवाती उदघोष गर्ने मध्येका एक मिराज ढुंगानाले सार्वजनिक सञ्चार माध्यममा प्रधानमन्त्री कार्कीको सम्बोधन अघि नै चेतावनी दिइसकेका छन् कि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भएन भने फेरि आन्दोलन गर्नुपर्ने हुन सक्छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नेपालको अस्थिर राजनीतिको ओखती हो या होइन यो अलग्गै बहसको विषय हो । तर, सुशीला कार्की नेतृत्वको सरकारले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गराउँछ भनेर ढुक्क भएकाहरुलाई भने प्रधानमन्त्री कार्कीको सम्बोधनले निराश बनाइदिएको छ । अब यो निराशा कसरी मत्थर गर्दै जाने यो कुरा कार्की नेतृत्वको सरकारको हातमा छ । संविधानले प्रत्यक्ष निर्वाचित कार्यकारीको परिकल्पना नगरेको भन्दै प्रधानमन्त्री कार्कीले






