Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

हल्ला भएपछि ओलीको निर्देशन– ‘बोल्न एकदम मनाही छ, ठ्याम्मै’ (भिडियोसहित)


जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिइरहेका थिए ।

त्यही बेला झ्याप्प बत्ती गयो । ओली बोलिरहेका बेला शान्त हलमा बत्ती गएपछि हल्ला पनि सुरु हुन थाल्यो । बैठकमा सहभागीहरु आफ्नो स्थानबाट उठेर बाहिरतिर निस्किन थाले ।

केहीबेरमै बत्ती आयो । तर हल्ला आउन बन्द भएन । सहभागीहरुको गाइँगुइँ आवाज आउन नरोकिएपछि ओलीले ‘डिस्टर्ब’ महसुस गरे ।

अनि मञ्चबाट हलमा चोर औंला देखाउँदै ओलीले भने, ‘हेलो १ पछाडि के छ त्यहाँ रु केही पसल–ससल छ कि क्या हो ?’

मञ्च व्यवस्थापक विनोद श्रेष्ठ अघिल्लो लहरबाट उठेर पछाडि हल्ला भएतिर गए । तर हल्ला रोकिएन ।

ओलीले निर्देशन पनि दिए, ‘प्लिज यो हलभित्र चाहिँ नबोलौं त ।’

त्यतिबेला केही व्यक्तिहरु हलको एक भागतिर राखिएको चिया खानतिर लागेका थिए । केही भने शौचालयतर्फ लागेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार