Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

दुर्गा प्रसाईँ वार्ताका लागि तयार, दिए कार्की सरकारलाई धन्यवाद


सरकारले आधिकारिक रुपमा आफूहरुलाई वार्तामा बोलाएको हो भने त्यसको स्वागत गर्दै वार्तामा बस्ने दुर्गा प्रसाईँले बताएका छन् । ओली सरकारले कहिल्यै यस्तो जिम्मेवारी नदेखाएको भन्दै उनले कार्की सरकारको तारिफ समेत गरेका छन् ।

हिजो मात्रै गृहमन्त्रालयले प्रसाईँको नाम नलिई आन्दोलन गर्ने भनेका सबै समुहलाई वार्ताका लागि आह्वान गरेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका चार वटै प्रमुखसँग छलफल गरे लगत्तै गृहमन्त्रालयले वार्ताको आह्वान सहित विज्ञप्ती निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार