जेनजी प्रतिनिधी, सरकार र राजनीतिक दलहरुबीच आज अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्दैछ । जेनजी आन्दोलनपछि राजनीतिक दलहरु र जेनजी सहित सरकारले पहिलोपटक बैठक बसाल्न लागेको हो । दल र जेनजीबीचको दुरी घटाउँने उद्देश्यले आजको बैठक आह्वान गरिएको बुझिएको छ ।
केहीदिनअघि सरकार र दलहरुबीच बैठक बसेको थियो भने उक्त बैठकमा प्रधानमन्त्री कार्कीले छिट्टै जेनजी सहित दलहरुको बैठक आह्वान गर्ने बताएकी थिइन् । आजको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।






