Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

अपदस्थ प्रधानमन्त्री र गृहमन्त्रीलाई तोकिएको स्थानहदविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओली एवं उनको तत्कालिन मन्त्रीपरिषदमा गृहमन्त्री रहेका रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतले सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश भने जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार