बालेन साहको छाडा स्टाटसबारे विभिन्न टिका टिप्पणी भइरहेका बेला सञ्चारकर्मी मञ्जु कार्कीले बालेनलाई हिजो दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा बारम्बार मदिरा थप्दै गरेको अवस्थामा देखेकोे बताएकी छिन् । आफू पनि उक्त रेस्टुरेन्टमा परिवार सहित गएको उल्लेख गर्दै उनले उनले फेसबुकमा लेखेकी छिन् : हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ !
बालेन साहले मध्यरातमा अमेरिका, चीन, भारतदेखि लिएर नेपालका दलहरुलाई छाडा शब्दमा एक स्टाटस लेखेका थिए । उनको उक्त स्टाटसमा आलोचनात्मक कमेन्ट शुरु भएपछि बालेनले स्टाटस डिलिट गरेका थिए । यद्यपि डिलिट गर्नुअघि स्टाटसको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । डिलिट गरेपछि पनि स्टाटस भाइरल भएपछि बालेनका समर्थकले उनको आइडी ह्याक भएको प्रतिकृया दिएका थिए । तर, बालेनको स्टाटस ह्याक भएको थिएन ।
यसैबीच बालेनले बारम्बार मदिरा थपेको दृश्य आफूले प्रत्यक्ष देखेको भन्दै स्टाटस लेखेकी सञ्चारकर्मी मञ्जु कार्कीले सोही विषयमा अर्को स्टाटस पनि लेखेकी छिन् । उनले रेस्टुरेन्टको नाम समेत उल्लेख गर्दै अर्को स्टाटस लेखेकी हुन् । कार्कीले पछिल्लो स्टाटसमा भनेकी छिन् : मलाई गाली गर्नु भन्दा ललितपिरको Saskar Fine Dine & Events मा गएर पत्ता लगाउनुहोस् ! मैले देखेको लेखे, मेरो गाडीमाथि मेरो छोरी हुन, छेउको गाडी पत्ता लगाउनुहोस । म कसैको विरोधी र समर्थक होईन । भिडियो र फोटो हेर्न ईच्छुकले सिसिटिभी हेर्नुहोस !! कुरा भूराजनीतिको छ, त्यसैले लेखेको । अन्यथा रक्सी भाङका कुरा मलाई मतलव भएन । ईच्छा हुनेले खाने हो ।२जष्नजष्निजत शाहसंग सायद एउटा नायिकाका श्रीमान् पनि थिए ।
यता बालेन साहले लेखेको छाडा स्टाटसको भने केहीले समर्थन समेत गरेका छन् । तर समर्थन गर्नेको संख्या असाध्यै न्युन रहेको छ ।





