नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनामा आफूले माफी नमाग्ने बताएका छन् । कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले आफूले माफी माग्नुपर्ने कुनै कारण नभएको बताएका हुन् ।
आफूले कहिल्यै पनि मान्छे मार्नू भनेर आदेश दिन त के कल्पना समेत गर्न नसक्ने भन्दै उनले आफ्ना विषयमा गलत भाष्य बनाइएको भन्दै दुःख व्यक्त गरे । राष्ट्रहितका पक्षमा आफूले लिने गरेको अडानका कारण आफूलाई टार्गेटमा पारिएको उनको भनाई छ ।






