जेनजी आन्दोलनमा भएको घटनाका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जाँचुबझ आयोगले बयानमा बोलाउँने तयारी गरेको छ । तर, आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै आउका ओली बयानका लागि जालान् या नजालान् भन्ने कौतुहलता भने बढेर गएको छ ।
बुधबार मात्रै आयोगले रास्वपा सभापति रवि लामिछानेलाई सिंहदरबारस्थित कार्यालयमा बयानका लागि बोलाएको थियो । नख्खु कारागारबाट भदौ २४ मा रवि लामिछाने निस्किएको विषयमा आयोगले करिब पाँच घन्टा लामिछानेलाई विभिन्न प्रश्न गरेको थियो ।






