Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

रविको बयान : मलाई त्यो पत्रबारे थाहा छैन


भदौ २४ मा कारागारबाट निस्कँदा सार्वजनिक भएको पत्रबारे आफूलाई थाहा नभएको रास्वपा सभापति रवि लामिछानेले जाँचबुझ आयोगलाई बताएका छन् ।

आयोग स्रोतका अनुसार बुधबार सिंहदरबारमा भएको बयानका क्रममा लामिछानेले निस्कने बेलामा आफूले जेलरलाई समेत भेट्न नपाएको बताए । पत्र पनि सार्वजनिक भएको छ भन्ने कुरा आफूले निकै पछि मात्रै जानकारी पाएको रविलाई उद्धृत गर्दै आयोग स्रोतले जनायो ।

यसअघि भदौ २४ मा कारागारबाट बाहिरिएपछि भने रवि लामिछानेले पत्रका आधारमा आफू बाहिरिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार