Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

सुदनलाई सम्झाउँन सकिनँ भन्दै प्रधानमन्त्रीको दिक्दारी


जेनजी अभियन्ता सुदन गुरुङका पछिल्ला बोलीवचनबाट प्रधानमन्त्री सुशीला कार्कीले दिक्दारी व्यक्त गर्न थालेकी छिन् ।

आफू निकटकासँग प्रधानमन्त्री कार्कीले त्यस्तो दिक्दारी व्यक्त गरेकी हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालका सन्दर्भमा गुरुङले लेखेको स्टाटसपछि त उनी झनै तनावमा भएको बालुवाटार स्रोतले जानकारी दियो ।

गृहमन्त्रीलाई अल्टिमेटम सहित राजीनामाका लागि गुरुङले खुलमखुल्ला दबाब दिएपछि गुरुङलाई स्वयं प्रधानमन्त्रीले नै सम्झाउँन उपयुक्त हुने सुझाव प्रधानमन्त्री निकटकाले दिएका थिए । स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री कार्कीले निकै पहिलेदेखि आफूले गुरुङलाई सम्झाउँने बुझाउँने प्रयास गरेको भएपनि नसकेको बताएकी थिइन् । प्रधानमन्त्रीलाई उद्दृत गर्दै स्रोतले भन्यो, ‘मैले जति प्रयास गरेपनि सकिनँ, ऊ सुन्नै चाहँदैन ।’


प्रतिक्रिया दिनुहोस !
विचार