Logo
२८ कार्तिक २०८२, शुक्रबार
|  Fri Nov 14 2025

माधव नेपाललाई रामकुमारी झाँक्रीको पत्र : आफ्नै मलामी त कसले देखेको छ र कमरेड ?


कम्युनिष्ट नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सह संंयोजक माधव नेपाललाई सामाजिक सञ्जाल मार्फत एक पत्र लेख्दै भनेकी छिन् : आफ्नै मलामी त कसले पो देख्छ र माधव कमरेड ? आफूलाई अन्तिम समयमा पार्टीबाट गरेको कारबाहीप्रति आक्रोश व्यक्त गर्दै उनले लेखेकी छिन् :
प्रिय कमरेड माधव नेपाल
अभिवादन !
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरु केही अर्थ छ र अब पनि कारबाहीकोरु लोकले के भन्ला भन्ने पनि लागेन ररु तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ ररु हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।


प्रतिक्रिया दिनुहोस !
विचार