उर्जामन्त्री कुलमान घिसिङ गम्भिर विवादमा तानिएका छन् ।
भारतसँग केहीदिनअघि गरेको विद्युत खरिद सम्झौतामा आर्थिक गडबडी गरेको आरोप उनीमाथि लागेको छ ।
उर्जामन्त्री भएपछि घिसिङले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेर भारतसँग विद्युत खरिद सम्झौता गरेका थिए । उक्त सम्झौता गर्दा भारतीय कम्पनी पीटीसी इन्डियाले मागेको भन्दा बढी दरमा सम्झौता गरिएको बुझिएको छ ।
शुरुमा पिटिसी इण्डियाले पठाएको दररेट भन्दा ३४ पैसा बढीमा सम्झौता गरिएको भन्दै केही सञ्चार माध्यममा समाचार समेत प्रकाशित भइसकेका छन् । उक्त सम्झौताबाट नेपाललाई करिब ४३ करोड रुपैंयाँको भार परेको उल्लेख छ ।






