Logo
२८ कार्तिक २०८२, शुक्रबार
|  Fri Nov 14 2025

सरकार ढाल्न खोजे ढाल बनेर उभिन्छौं : सुदन गुरुङ


जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीको मात्रै आफूहरुले बिरोध गरेको बताएका छन् । गृहमन्त्रीको बिरोध गर्दा कुनै बहाना बनाएर सरकार ढाल्न खोजिए आफूहरु ढाल बनेर उभिने उनको भनाई छ ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन् : ‘अन्य राम्रा मन्त्री र प्रधानमन्त्रीका लागि हामीहरु ढाल बन्न तयार छौं ।’

केहीदिनअघि गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिने अल्टिमेटम सहित राजीनामा दिन चेतावनी दिएपछि विभिन्न प्रकारका टीका टिप्पणी भएका थिए । गृहमन्त्री मात्रै नभएर यो सरकार नै ढाल्नुपर्ने भन्ने आवाज केहीले उठाउँन थालेपछि गुरुङको यस्तो प्रतिकृया सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार