नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी र बुहारीलाई नै पार्टीको केन्द्रीय सदस्य बनाइएको छ ।
छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पार्टीको केन्द्रीय सदस्य बनाइएको हो । पार्टीहरुमा परिवारवाद हावी भएको आरोप लागिरहेपनि प्रचण्डले भने उक्त आरोपलाई बेवास्ता गरेका छन् । यद्यपि रेणु दाहाल र बिना मगरलाई भने प्रचण्डको परिवारका सदस्य भएका कारण भन्दा पनि आफ्नै क्षमताका कारण केन्द्रीय सदस्य बनाइएको पार्टीका नेताहरुको भनाई छ । रेणु दाहाल अहिले पनि भरतपुर महानगरपालिकाकी मेयर हुन् भने बिना मगर पूर्व खानेपानी मन्त्री हुन् ।






