पूर्व उर्जामन्त्री दीपक खड्काले आफू खुल्ला किताब भएको बताएका छन् ।
नेपाल स्काउटको जग्गा लिज सम्बन्धी विवादमा खड्काल्याण्डको संरचना भत्काएको विषयमा उनले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । खड्काल्याण्डमा आफ्नो स्वामित्व र सम्बन्ध केही नभएको उनको दाबी छ । आफ्नो कुनै सम्बन्ध नहुँदा नहुँदैपनि बदनाम गर्ने उद्देश्यले विभिन्न प्रकारका गलत अफबाह फैलाइएको भन्दै उनले आपत्ति जनाएका हुन् ।






