रास्वपाका प्रभावशाली नेता सन्तोष परियारले रास्वपा छाडेका छन् ।
विघटित प्रतिनिधिसभामा परियार रास्वपाका प्रमुख सचेतक थिए । उनले रास्वपा छाड्नुको कारण खुलाएका छैनन् । तर, उनी रास्वपा नेतृत्वसँग केही समययता असन्तुष्ट भने थिए ।
सुमना श्रेष्ठले रास्वपा छाडेताका नै उनी पनि रास्वपाबाट बाहिरिने गाइँगुईँ चलेको थियो । पछिल्लो पटक चितवनमा भएको रास्वपाको विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत गरेका थिए ।
यसैबीच सन्तोष परियारले रास्वपा छाडेपछि अरु केहीले पनि रास्वपा छाड्ने तयारी गरेका छन् ।






