दुर्गा प्रसाईँर्लाइ मध्यरातमा पक्राउ गरिएकोप्रति लक्षित गर्दै संविधानविद् डा. भिमार्जुन आचार्यले सरकारको कडा आालोचना गरेका छन् । रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानुन बर्जित कार्य रहेको भन्दै उनले सरकारको जवाफ समेत मागेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् : अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार ?






