जेनजी अभियन्ता सुदन गुरुङले जनआन्दोलनको ज्वालामुखी उठ्न लागेको बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालप्रति चर्को असन्तुष्टी जनाइरहेका गुरुङले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।
मौनतालाई कमजोरी नठान्न उनले गृहमन्त्री अर्याललाई चेतावनी समेत दिएका छन् । गृहमन्त्री अर्यालको राजीनामा माग गर्दै गुरुङले पोष्ट गरेको फोटो सहितको उक्त स्टाटसमा मिश्रित प्रतिकृया आएका छन् ।






