Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको मनलाग्दी : श्रीमतीदेखि आफन्त सम्मलाई नियुक्ति


प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवले आफ्नी श्रीमतिदेखि आफन्त सम्मलाई नियुक्ति दिएका छन् । प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी श्रीमति संगीता श्रेष्ठलाई सहसचिव सरहको सुविधा सहित स्वकीय सहसचिव पदको नियुक्ति दिलाएका हुन् ।

उनका अन्य आफन्त र नातेदारले पनि विभिन्न पदमा उसैगरी नियुक्ति पाएका छन् । उनका नातेदार कमला श्रेष्ठले पनि स्वकीय सहसचिवका रुपमा काम गरिरहेकी छिन् । कार्की नेतृत्वको सरकारसँग सुशासन र पारदर्शीताको अपेक्षा गरिएपनि प्रधानमन्त्री कार्कीसँग नजिक रहेकाहरुले भने यसअघिका सरकारहरुकै शैलीलाई निरन्तरता दिएपछि जनअसन्तुष्टी शुरु भएको छ । सरकारी कार्यालयहरु पुनः भर्तीकेन्द्र बन्न सक्ने खतरा देखिएको भन्दै असन्तुष्टी शुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार