Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

राजसंस्था पुनःस्थापनाबारे पूर्वराष्ट्रपतिको कुराले एमालेका ज्ञवाली चकित


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनःस्थापना हुन सक्छ भनी दिएको अभिव्यक्तिप्रति एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले पूर्व राष्ट्रपतिको कुरा सुनेर आफूलाई उदेक लागेका बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन् : पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

पत्रकार ऋषी कमलासँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी थिइन् । त्यस सन्दर्भमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना पनि रहनसक्ने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार