Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

राष्ट्रपति भेट्न ओली शीतल निवासमा


M

एमाले अध्यक्ष  केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।

राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार