Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

नेपाली बजारमा सुनको भाउ फेरि ओरालो


 नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो भाउ गत शुक्रबारको दाँजोमा तोलामा २ हजार १ सय रुपैयाँ कम हो । त्यस दिन सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलाको ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार सुनको भाउ गत बिहीबार तोलाको २ लाख ५९ हजार ६ सय, बुधबार २ लाख ६१ हजार, मंगलबार २ लाख ६२ हजार १ सय, सोमबार २ लाख ७० हजार र आइतबार हालसम्मकै सर्वाधिक २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार