मगर समाज न्युजिल्यान्डको आयोजनामा मगर समुदायको मौलिक पर्व माघे संक्रान्ति २०८२ भव्य रूपमा मनाइने भएको छ । न्युजिल्यान्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको सहआयोेजनामा उक्त कार्यक्रम गरिने भएको हो ।
कार्यक्रम 24 janauary 2026 माMt Albert War Memorial Hall, 773 New North Road Mount Albert, Auckland 1025 मा आयोजना गरिएको मगर समाज न्युजिल्यान्डका अध्यक्ष दल बहादुर थापा मगरले बताए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलकुद, मिष्ठान्न भोजन एवं लाइभ दोहोरी हुने जनाइएको छ ।
अध्यक्ष मगरले न्युजिल्यान्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई माघे संक्रान्ति २०२६ लाई संयुक्त रूपमा मनाउन हार्दिक निमन्त्रणा गरेका छन् । उनले यस्तो सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्नु सबैको दायित्व भएको अध्यक्ष मगरले बताए ।
मगर समाज न्युजिल्यान्डले यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक निरन्तरता कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ ।






