Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त


सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिले बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उक्त नियुक्ति पुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गरी सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भइ प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रहेर समग्र बैंक सञ्चालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेका बैंकको भनाइ छ।

यस क्रममा मुलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार