Logo
२० आश्विन २०८३, मंगलवार
|  Wed Oct 7 2026

एनएमबि बैंकद्वारा दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक


एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ गरी दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार यी कार्डवाहकले विभिन्न प्रिमियम आउटलेटहरूमा विशेष छुटका साथै विमानस्थलमा लाउन्ज सुविधा प्राप्त गर्नेछन्।

विशेष गरी ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड प्रयोगकर्ताले नेपालभरका जुनसुकै बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा समेत सहुलियत दरमा कारोबार गर्न पाउनेछन्।
इच्छुक ग्राहकले नजिकको शाखा वा कल सेन्टरमार्फत यो सेवा लिन सक्नेछन्। बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार