Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

डा.बुद्धि मल्ल रिलायन्स फाइनान्सको सिइओ नियुक्त


वित्तिय क्षेत्रमा विशेष अनुभव सँगालेका डा.बुद्धि मल्ल रिलायन्स फाइनान्सको सिइओ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले डा. मल्ललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको निर्णयअनुसार उनले आगामी फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने छन् । यसअघि उनी एनएमबी बैंकमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए भने उनीसँग राइजिङ डेभलपमेन्ट बैंक र ओम फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा सफल नेतृत्व प्रदान गरेको अनुभव समेत छ । डा.मल्लले ओम डेभलपमेन्ट बैंकमा डेपुटी सीईओका रुपमा समेत आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी बैक तथा वित्तिय क्षेत्रका अतिरिक्त प्रेरणादायी पुस्तकका लेखक समेत हुन् । उनको ’सफलता सम्भव छ’ नामक पुस्तक बजारमा निकै लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस !
विचार