Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

घट्यो सुनको मूल्य


नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबारको तुलनामा आज सुन प्रतितोला चार हजार आठ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार हुँदै छ। अघिल्लो कारोबारमा सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा कायम भएको थियो।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय २५ रूपैयाँले घटेर पाँच हजार दुई सय ७० कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार