Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

फेरि बढ्यो इन्धनको मूल्य


नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ ।

यसैगरी, हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार