Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता


उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबिच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

आफ्नो सवारी फिर्ता पाएपछि सवारी धनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । यसैबिच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार