काठमाडौँ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।
महालेखा परीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
रामचन्द्र पौडेल समक्ष पेस गरिएको उक्त प्रतिवेदनमार्फत सार्वजनिक निकायहरूको आय–व्यय, लेखापरीक्षण निष्कर्ष तथा वित्तीय अनुशासनसम्बन्धी विवरण समेटिएको छ । राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरुलाई अझ बढी जवाफदेहीताबोध गराउने बताए ।
लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको उनी बताउँछन। राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरुलाई अझ बढी जवाफदेहीताबोध गराउने बताए । लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको उनी बताउँछन।






