Logo
५ जेष्ठ २०८३, मंगलवार
|  Tue May 19 2026

सन्दीपको विश्व कीर्तिमानःएक दिवसीयमा सर्वाधिक छिटो १५० विकेट लिए


काठमाडौं । नेपाली क्रिकेट सन्दीप लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखेका छन् । आज जारी खोलमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् ।

सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार