FILES-US-POLITICS-CONGRESS-TRUMP
अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । मतदानमा ४ जना रिपब्लिकन सांसदले पनि विपक्षी पार्टी डेमोक्र्याट्सको साथ दिएका थिए भने ३ जना रिपब्लिकन सांसद मतदानमा अनुपस्थित रहे ।
यो प्रस्ताव ५०-४७ को मतले पारित भएको हो । तर यसलाई कानुन बन्नका लागि अझै केही चरणहरू पार गर्नुपर्नेछ । यदि यो प्रस्ताव कानुन बन्यो भने ट्रम्प प्रशासनले इरानविरुद्ध युद्ध जारी राख्न कङ्ग्रेसको अनुमति लिनुपर्ने हुन्छ ।
हाल सिनेटमा यस विषयमा अन्तिम मतदान हुन बाँकी छ । त्यसपछि रिपब्लिकन बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट यसले मन्जुरी प्राप्त गर्नुपर्नेछ । यद्यपि त्यसपछि पनि ट्रम्पले यसको विरुद्धमा ‘भिटो’ गर्न सक्छन् ।
त्यसपछि सो भिटोलाई रद्द गर्न सिनेट र हाउस दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ, जुन अहिलेको अवस्थामा कठिन मानिएको छ । अमेरिकी संसद्को सिनेटमा मङ्गलबार साँझ इरान युद्ध रोक्ने विषयमा बैठक भएको थियो ।





