Logo
१० जेष्ठ २०८३, आईतवार
|  Mon May 25 2026

प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनैपर्ने विपक्षी दलको निष्कर्ष


काठमाडौँ । विपक्षी दलहरूले संसदलाई थप प्रभावशाली र उत्तरदायी बनाउने भएका छन् । आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई थप प्रभावशाली, उत्तरदायी र जीवन्त बनाउने निर्णय गरेको हो ।

बैठकमा विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढेको र सभामुखको दलीय भूमिकाका बारेमा गम्भीर छलफल भएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । उनले जेठ १२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोज्ने बताए ।

प्रधानमन्त्री बालेन साहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन् । बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुश्बु ओली थिए । विपक्षी दलले सदनमा प्रधानमन्त्रीको जवाफ माग्दै प्रधानमन्त्रीको खोजी गरिरहेका छन् ।

श्रम संस्कृति पार्टीले त पछिल्ला सदनका बैठकमा निरन्तर प्रधानमन्त्री खै भन्दै प्लेकार्ड प्रदर्शन गर्दै आएको छ । तर प्रधानमन्त्रीले भने सदनलाई वेवास्ता गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार