Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

बजेटको ब्रिफकेस फेरियो,अर्थमन्त्री वाग्ले नेपाली कागजको फाइल बोकेर संसद प्रवेश


वालेन्द्र शाह (बालेन) नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले बजेटको ब्रिफकेस परिवर्तन गरेको छ ।

यसअघिका सरकारले वार्षिक बजेट प्रस्तुत गर्न बजेट वक्तव्यको ब्रिफकेस बोक्ने चलन थियो । तर, रास्वपा सरकारले यस परम्परालाई चिर्दै नेपाली कागजसहितको बन्डल प्रयोग गरेको छ ।

खासगरी रास्वपा सरकारले परिवर्तनको राम्रै सन्देश दिन बजेटको ब्रिफकेससमेत परिवर्तन गरेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाली कागजको फाइल बोकेर संसद प्रवेश गरेका छन् ।

पछिल्लो समय नेपालमै बनेको ब्रिफकेस (झोला)मा बजेट बोक्ने गरिएको थियो।  पूर्वअर्थमन्त्री वर्षमान पुनको पालामा ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरिएको थियो भने विष्णु पौडेलको पालामा अल्लोको ब्रिफकेस प्रयोग भएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार