Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ


काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत परिचित तुलसी अधिकारी (तुलसा अधिकारी) लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति नेपाल ल्याइएको हो। उनीविरुद्ध रहेको मुद्दाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार अधिकारी केही समयदेखि थाइल्यान्डमा बस्दै आएका थिए। नेपाल प्रहरीको समन्वयमा उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।

अधिकारीलाई पक्राउ गरी ल्याइनुको कारण र उनीमाथि लगाइएका आरोपबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप जानकारी उपलब्ध भएपछि सार्वजनिक गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार