काठमाडौँ । विगत केही दिनदेखि ओरालो लागेको सुनको आइतबार आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





