Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको ढाकछोप,‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्टोक्ति


काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बोलन साहले सीमाबारे संसदमा दिएको अभिव्यक्ति ’सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको स्पष्ट पारेको हो । मन्त्रालयले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा ’फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरेको कारणले ‘क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार