Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

वीर आधारभूत विद्यालयमा शैक्षिक सामग्रीसहित ब्याग वितरण


काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाकाे एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय पत्रकार ईकमान लामा, पेमा लामा तथा मदन स्याङ्तानकाे सहयाेगबाट खानीखाेला गाउँपालिका वडा नं. ४ फुलडाँडास्थित श्री वीर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्यागसहित कापी, कलम लगायत आवश्यक सामग्री प्रदान गरिएको हाे । विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सहज र प्रभावकारी बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएकाे उनीहरू बताउँछन् ।

कर्मभूमि अमेरिकामा रहेर पनि विद्यालयका बालबालिकाका लागि सहयोग गर्ने पत्रकार ईकमान लामाप्रति आभार व्यक्त गर्दै वडा अध्यक्ष निशान मोक्तानले यस्ता सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने-“सहयोग भनेकाे धनले गर्ने हाेइन मनले गर्ने हाे, नेपालमा पत्रकारितामा चिरपरिचित ईकमान भाइ अहिले आफ्नो कर्मभुमि अमेरिकामा रहेर पनि आज ब्याग सहित शैक्षिक सामाग्री वितरणका लागि सहयोग गरेकामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

शैक्षिक सामग्री प्राप्त भएसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास तथा थप उर्जा दिने विश्वास ब्यक्त गर्दै अध्यक्ष माेक्तानले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गराउँदै शैक्षिक गुणस्तर बृद्धिकालागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालय परिवार, विद्यार्थी तथा स्थानीय अभिभावकहरूले समेत सहयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकामा पढाइप्रति थप उत्साह जगाउने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार