Logo
३१ जेष्ठ २०८३, आईतवार
|  Mon Jun 15 2026

युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य बजेटले गरेकोे छः अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने बताए ।

 करको दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए । उनले करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे ।

बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार