Logo
२ असार २०८३, मंगलवार
|  Wed Jun 17 2026

क्यालिफोर्नियामा बी-५२ बम्बर विमान दुर्घटना, ८ जनाको मृत्यु


रोयटर्स । अमेरिकी वायुसेनाको बी–५२ स्ट्राटोफोट्र्रेस बमवर्षक विमान क्यालिफोर्नियास्थित एडवड्र्स वायुसेना अड्डामा उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार आठै जना सदस्यको मृत्यु भएको छ ।

सोमबार नियमित परीक्षण उडानमा रहेको आठ इन्जिनयुक्त उक्त विमान जमिनबाट उड्नासाथ रनवेमा दुर्घटनाग्रस्त भई आगलागी भएको अमेरिकी वायुसेनाले जनाएको छ ।

वायुसेनाका कर्नेल जेम्स हेय्सका अनुसार विमानमा सरकारी कर्मचारी, सरकारी ठेकेदार तथा सैन्य सेवामा रहेका सदस्यहरू सवार थिए। विमान निर्माता बोइङले मृतकमध्ये आफ्ना दुई कर्मचारी रहेको पुष्टि गरेको छ।

उक्त उडान रडार आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

लस एन्जलसबाट करिब १६१ किलोमिटर उत्तरमा रहेको एडवड्र्स वायुसेना अड्डा अमेरिकी परीक्षण उड्डयन इतिहासको महत्वपूर्ण केन्द्र मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार