अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/०७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।
कोभिड–१९ दोस्रो महामारीको समयमा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक समृद्धिमै केन्द्रित रहेको र कार्यान्वयनमा कुनै पनि दुबिधा नहुने जिकिर गरेका छन् ।
त्यसका साथै संसद विघटन भएको समयमा अध्यादेशबाट ल्याइएको बजेट संविधानमा भए बमोजिम नै रहेको अर्थमन्त्री पौडेलको भनाइ रहेको छ ।