Logo
१४ असार २०८३, आईतवार
|  Mon Jun 29 2026

एन्फामाथिको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछ :आर्यन राई


काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा राईले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताए ।

सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस !
विचार