Logo
१७ असार २०८३, बुधबार
|  Thu Jul 2 2026

जर्मनी जारी विश्वकपबाट बाहिरियो


जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो ।

खेलको ४२औँ मिनेटमा गोल गरेर पाराग्वेले सुरुवाती अग्रता कामय गरेको थियो । उक्त समयमा पाराग्वेका जुलियो एन्सिसोले गोल गरेका थिए ।

त्यसपछि ५४औँ मिनेटमा जर्मनीका काई हाभर्ट्जले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए ।

उक्त १-१ को बराबरी निर्धारित ९० मिनेटको समयमा पनि बराबरी भएपछि खेललाई अतिरिक्त समयमा लागिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा जमर्नी पराजित भयो । पेनाल्टीमा जर्मनी ३-४ गोलले पराजित भएको हो । यो जितपछि पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार