Logo
२२ असार २०८३, सोमबार
|  Mon Jul 6 2026

प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरी नाकामा समस्या देखियोः सांसद थपलिया


काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सोमबारको प्रतिनिधिसा बैठकमा प्रधानमन्त्री बालेन साहले सीमा सम्बन्धि अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन् ।

त्यस्तै उनले सरकारको एकसय दिन सफल नभएको जिकिर गरिन । जनताले सरकारबाट ठूलो अपेक्षा गरेपनि एक सय दिनको समीक्षा गर्दा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढि बलेको देखिएको उल्लेख गरिन् ।

‘सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाएको थियो तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन् । महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन, र जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन । सुकुम्बासी हरु आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन ।

भ्रष्टाचारविरुद्ध कडा कारबाही आवश्यक छ तर कारबाही निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रिया अनुसार हुनुपर्छ । अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा पनि उत्तिकै छ त्यसैले सरकारले नागरिक संग प्रतिशोध लिन मिल्दैन,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार