काठमाडौँ, १४ र्वैशाखः
नेपाली कांग्रेसको संसदीय दलको नेतामा आङ्देम्बे
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन । तस्बिरः गोपाल दाहाल रासस
काठमाडौँ । नेपाली कांग्रेस ससदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारसँग सुकुम्बासीको सुरक्षित र व्यवस्थित व्यवस्थापनको प्रतिवद्धता खोजेका छन् ।
आइतबार सामाजिक संजालमार्फत आङ्देम्बेले सुकुम्बासीको व्यवस्थित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता खोजेका हुन् ।
उनले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरुलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानेको भन्दै आपत्ति जनाए ।
उनले प्रधानमन्त्रीले सुकुम्बासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीजी, सुकुम्बासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस् । किनभने नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब इतिहासले कालो डायरीमा राख्नेछन् । प्रश्न सोध्नेलाई थुनेर होईन जवाफ बन्नुहोस् ।’





